मुख्य समाचार
बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल | नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु | परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान | परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाणपत्र पाउनुपर्छ : रास्वपा | फ्रान्समा गहिरियो इन्धन संकट |

अन्तर्राष्ट्रिय क्रिकेटमा इन्दू बर्माले रचिन् इतिहास

Nagarik Sewa 4862+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं । मलेसियाविरूद्धको चौथो टी-२० खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ। मंगलबार क्वालालम्पुरमा भएको खेलमा नेपालले जित निकालेसँगै सिरिज २-२ को अवस्थामा पुगेको छ। यसअघि पहिलो र तेस्रो खेल मलेसियाले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।

अब भोलि हुने पाँचौ खेल सिरिजको निर्णायक खेल हुनेछ। यो खेल जित्नेले सिरिज जित्नेछ। मंगलबार पहिले ब्याटिङ गरेको मलेसियाले ५ विकेटको क्षतिमा १११ रन बनायो। उसका लागि मास एलिसाले नटआउट ५६ रन बनाइन्। उनले ६३ बलमा ५ चौका प्रहार गरे।

बलिङमा नेपालका कविता कुँवरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन मात्र दिइन्।  ११२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४८ रन र रुबिना क्षेत्रीले नटआउट २३ रन बनाए। 

४८ रन जोडेसँगै इन्दू नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने पहिलो ब्याटर भइन्।उनले नेपालका लागि ७७ खेल खेल्दा ७० इनिङ ब्याटिङ गर्दै एक हजार रन पूरा गरेकी हुन्। उनले टी-२० अन्तर्राष्ट्रिय खेलमा एक पटक मात्र अर्धशतक प्रहार गरेकी छिन्। 

सन् २०१९ मा आइसिसीले सबै महिला टी-२० खेललाई अन्तर्राष्ट्रिय मान्यता दिए यता इन्दूले एक हजार रन पूरा गरेकी हुन्।  २८ वर्षीय अलराउन्डर इन्दूले ७७ खेलमा ४० विकेट समेत लिएकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार