मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

अध्यक्ष ओलीको नेताहरूलाई पूर्व राष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न सुझाव

Nagarik Sewa 4875+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिनुभएको छ। 

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोषसमेत प्रकट गर्नुभयो। उहाँले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाउनुभएको हो।

उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गर्नुभयो । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उहाँले बैठकमा सुनाउनुभयो ।

‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’ उहाँले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिनुभएको छ। ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताउनुभएको छ । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताउनुभयो।

‘‘अस्ति पोलिटब्यूरो बैठकपछि एमाले एकढिक्का छ, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौं भनेर निस्कियौं,’ ओलीले भन्नुभयो, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन्, यी त्यसै भएको छैनन्, लगानी गरेर भएका छन् ।’

अध्यक्ष ओलीले पार्टीले मिसन ०८४ भनेकाले त्यसका लागि सबै एकजुट हुनपर्ने पनि बताउनुभयो। बहुमत नभइ काम गर्न नसकिने भन्दै उहाँले बहुमत ल्याउन सबै एकजुट हुन पर्ने धारणा राख्नुभयो ।

‘‘७० बर्षे उमेरहदको प्रस्ताव पार्टीको सातौं महाधिवेशनमा म आफैले गरेको हो । पार्टीलाई लोकतान्त्रिक बनाउन नै गरेको हो,’  उहाँले भन्नुभयो, ‘तर अहिले परिस्थिति अर्कै छ । अस्वस्थ गतिविधि भयो । कुनै पनि हालतमा पार्टीमा अस्वस्थ गतिविधि हुन दिइन्न ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार