मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

Nagarik Sewa 4866+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं। आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराउँदै चौथो जित निकालेको छ । जारी प्रतियोगितामा कुवेतसँगको पहिलो खेलमा नेपाल १ सय ८ रनले विजयी भएको थियो । कुवेतको भने यो लगातार पाँचौं हार हो ।  

पाँचौं खेलमा नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो । उसका लागि कप्तान जिफा जिलानीले ४२ बलमा सर्वाधिक ३६ रन बनाउन बनाइन् । बाँकी ब्याटरले भने दोहारो अंकमा समेत रन बनाउन सकेनन् । 

कुवेतका ८ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कप्तान पुजा महतोले घातक बलिङ गरिन् । उनले चार ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । योसँगै पुजा नेपालका लागि एउटै खेलमा शतक र पाँच विकेट लिने पहिलो महिला क्रिकेटर बनेकी छन् ।

यस्तै, कुवेतविरुद्ध रचना चौधरी र सिमाना केसीको नाममा दुईरदुई विकेट रह्यो । त्यसअघि दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका लागि कप्तान पुजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रनको पारी खेलेकी हुन् ।

योसँगै पुजाले इतिहास रचिन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । यस्तै, पुजाले नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् । यस्तै, कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एकरएक विकेट लिए ।   

यो जितपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । त्यसका लागि नेपालले बुधबार आयोजक यूएईलाई हराउनुपर्ने समीकरण बनेको छ । प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चारमा जित र एकमा हार बेहोरेको छ । नेपाल ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । पुछारमा रहेको कुवेत भने पाँच म्याच खेल्दा अंकविहीन छ । 

छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् । तालिकाको शीर्ष स्थानमा रहने टिमले आउँदो वर्ष मलेसियामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै