मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

अध्यक्ष ओलीले सहजै निर्वाचन जित्नुहुन्छः शंकर पोखरेल

Nagarik Sewa 4868+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहजै निर्वाचन जित्ने दाबी गर्नुभएको छ। एमाले निकट प्रेस चौतारीले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेलाई त्यहाँ कुनै जोखिम नभएको बताउनुभएको हो।

झापा ५ मा ओलीसँग रास्वपाका बालेन शाह प्रमुख प्रतिस्पर्धी ठानिएका बेला पोखरेलले झापा ५ मा एमालेलाई निर्वाचन जित्न कुनै कठिनाइ नभएको दाबी गर्नुभएको छ। ‘झापा ५ का जनता राजनीतिक रूपमा जागरूक जनता हुन् । जसले पञ्चायतका विरुद्ध आन्दोलनको शंखघोष गरे त्यो ठाउँका जनताले हरेक लोकतान्त्रिक आन्दोलनमा पनि नेतृत्वकारी भूमिका निर्वाह गरे’, पोखरेलले भन्नुभयो, ‘त्यो ठाउँका जनता पपुलिज्म र एनार्किजमको प्रभावमा परी परिणामलाई नै तलमाथि पार्छन् भन्ने पार्टीको मान्यता छैन ।’ 

उहाँले  झापा–५ मा बालेन पक्षधरको मिडियाले मात्र हल्लाखल्ला गरेको बताउनुभयो। ‘मतदाताको हिसाबले झापा–५ मा हामी सुरक्षित छौँ । त्यहाँ कुनै जोखिमको अवस्था छैन’, महासचिव पोखरेलको भनाइ छ। उहाँले एमाले व्यवस्थित पार्टी भएको भन्दै यो चुनावलाई पनि एमालेले नै संस्थागत बनाउने काम गरिरहेको बताउनुभयो। महासचिव पोखरेलले एमालेले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको पनि बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार