मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

एनपीएलमा थप उत्साहजनक विषयहरू समावेश भएका छन्ः पारस खड्का

Nagarik Sewa 4866+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

काठमाडौं। नेपाल क्रिकेट संघ क्यान का सचिव तथा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा थप उत्साहजनक विषयहरू समावेश भएको बताएका छन्।

लिगको एक फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सुरु गरेको पोडकास्टमा कुरा गर्दै उनले आगामी संस्करणमा धेरे ‘सरप्राइज’हरू रहेकाले केही समय प्रतीक्षा गर्न समर्थकहरूलाई आग्रह गरेका हुन् । पारसले अब केही दिनमा अक्सनको मिति सार्वजनिक हुने र प्रतियोगिताको तालिका पनि छिट्टै सार्वजनिक हुने उल्लेख गरे।

पोडकास्टमा एक समर्थकले यसपटक एनपीएलमा बलिङ स्पीड र छक्काको दूरी हुन्छ भनेर सोधेको प्रश्नको सन्दर्भमा पारसले कतिपय कुराहरू सरप्राइजकै रूपमा रहेकाले अहिले नै ठोस जवाफ नभएको तर केही सरप्राइज अवश्य रहेको बताएका हुन् ।

साथै पारसले दोस्रो संस्करण फ्लडलाइटमा रातको समयमा पनि खेलाइने कुरा उल्लेख गरेका थिए । ‘अब त्यसबेला जाडो सिजन सुरु भएको हुन्छ, बेलुका शीत पनि आएको हुन्छ, अब टियू मैदानको काम सकिएको अवस्थामा सम्भवत, त्यही अनुसार सेड्यूल पनि बन्छ’ उनले भने, ‘सबैजना उत्साहित पनि हुनुहुन्छ, लेट्स होप दोस्रो संस्करण फ्लडलाट्समा खेलिनेछ।’

पोडकास्टका क्रममा पारसले क्यान सचिवमा निर्वाचित हुनुभन्दा अघि र पछिका स्मरणीय कुराहरू पनि उल्लेख गरेका छन् भने नेपाली क्रिकेटले हासिल गरेको सफलता र हालको अवस्थाबारे चर्चा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार