मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट

Nagarik Sewa 4874+ समाचार ( )
१ असार २०८३, सोमबार

काठमाडौं l नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा लाग्ने विभिन्न सेवाशुल्कमा १० प्रतिशत छुट पाउने भएका छन्।

नेपाल बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच शुक्रबार सम्पन्न सम्झौताअनुसार बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले अस्पतालबाट प्रदान गरिने विविध स्वास्थ्य सेवामा बिल रकमको १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले तथा इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार उक्त समझदारीले नेपाल बैंकका सेवाग्राही तथा कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने विश्वास लिइएको छ। साथै अस्पतालले प्रदान गर्ने उच्चस्तरीय उपचार सेवाबाट बैंकका ग्राहक तथा कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले ग्राहक केन्द्रित सेवाको विस्तार गर्दै आएको छ। बैंकले देशभर फैलिएको आफ्नो सञ्जालमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ।हाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन तथा युवा जनशक्तिको परिचालनमार्फत बैंकले गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्दै आएको बैंकको दाबी छ।

बैंकले यो समझदारीले ग्राहकलाई स्वास्थ्य सेवामा थप सुविधा उपलब्ध गराउने तथा सेवाग्राहीमैत्री बैंकिङ सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार