मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सरकार र मेलम्चीका स्थानीयबीच अझै जुटेन सहमति

Nagarik Sewa 4868+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं । सरकार र मेलम्चीका स्थानीयबीच अझै सहमति जुट्न सकेको छैन । मंगलबार खानेपानी मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि काठमाडौं उपत्यकामा पानी आउने अनिश्चितता बढेको हो । गत बिहीबारदेखि स्थानीयले मेलम्चीको पानी काठमाडौं पठाउन दिएका छैनन् । उनीहरूले सरकारसँग विगतमा भएका माग पूरा हुनुपर्ने माग राखेका छन् ।

नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार, अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । “सोमबारको वार्ता निष्कर्षविहीन बनेको थियो । आज केही पनि भएको छैन । हामीले अब हेलम्बु मुहानमै गएर बस्ने तयारी र छलफल गरेका छौँ,” उनले भने ।

गत आइतबार प्रधानमन्त्री शुशीला कार्कीले मेलम्ची खानेपानीको अवरोध हटाउन पहल गर्न निर्देशन दिएकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालेन्जे ह्योल्मोलाई भेटेर अवरोध हटाउन पहल गरिदिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार