मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

भारी वर्षाको सम्भावना रहेकाले प्रधानमन्त्री ओलीद्वारा जनसाधारणलाई सुरक्षित रहन अपिल

Nagarik Sewa 4874+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ।

देशको  विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्रीले जनसाधारणलाई सुरक्षित रहन अपिल गर्नुभएको हो। ‘मौसमविज्ञान विभागले आज दिउँसो देशको विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ, मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु’ ओलीले लेख्नुभएको छ । 

प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई सक्रिय रहन आग्रह गरिएको छ।

देशको केही क्षेत्रहरूमा पछिल्ला दिनहरूमा आएको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। केही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएका छन् । सरकारले विपद्‌को जोखिम कम गर्न आवश्यक सबै तयारी भइरहेको जनाएको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकहरू तयारी अवस्थामा राखिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै