काठमाडौं। नेपाली बजारमा सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ पुगेको छ ।