मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

१० अंकले घट्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
३१ वैशाख २०८३, बिहीबार

काठमाडौं। सेयर बजार परिसुचक नेप्से बिहीबार १० अंकले घटेको छ। आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ। त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार ०.३२ तथा जीवन बीमा ०.०१ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटे ।

युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.२२ तथा सामुदायिक लघुवित्तको २.५० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशत घट्यो । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ७.१२, नारायणी डेभलपमेन्ट बैंकको ५.९१, रिजलाइन इनर्जीको ४.७४ र भुजुङ हाइड्रोपावरको ४.३४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै