मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

आज फागु पूर्णिमा

Nagarik Sewa 4868+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । आज फागु पूर्णिमा । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भूभागमा हर्षोल्लासका साथ रंगहरूको पर्व होली मनाइँदै छ । तराई-मधेशका जिल्लाहरुमा भोलि शुक्रबार अर्थात् पूर्णिमाको भोलिपल्ट मात्रै होली मनाइन्छ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको हो ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीका साथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाउने गरिन्छ ।

काठमाडौंको बसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको होली पर्व आज राति टुँडिखेलमा चीर दाह गरेपछि समापन हुन्छ । होलीको पर्व अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै