मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नेपालद्वारा भुटान समक्ष ३५८ रनको विशाल लक्ष्य

Nagarik Sewa 4875+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

काठमाडौं। मलेसियामा भइरहेको एसिसी मेन्स यू १६ इस्ट जोन कप २०२५ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानलाई ३५८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो। 

नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार गरे। उनले अन्तिम ओभरमा आउट हुनुअघि १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १६८ रन बनाए। जय थापाले नटआउट ६१ रन बनाए। थापाले ६७ बलमा ७ चौका प्रहार गरे। त्यसअघि ओपनरद्वय परिमार्जन यादव २ रन र प्रसिद्ध जैशी ७ रनमा आउट भएका थिए। दुवैलाई भुटानका सांगे दर्जीले बोल्ड गरेका थिए। त्यसपछि शिवान्स बजाइले रनआउट हुनुअघि ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रनको योगदान दिए। 

यसअघि नेपालले लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान बनाइसेको छ। नेपालले आइतबार भएको खेलमा इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।  नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानमाथि सहज जित निकालेको थियो। 

नेपालले समिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ। अर्को खेलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता सिंगापुरबीच खेल हुनेछ। अब प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार