मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउने नेपाल टेलिकम पहिलो स्थानमा

Nagarik Sewa 4868+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउने नेपाल टेलिकम पहिलो स्थानमा देखिएको छ । बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८२ अनुसार नेपाल टेलिकम ४८ अर्ब तीन करोड २९ लाख रुपैयाँ सञ्चित नाफासहित सार्वजनिक संस्थानहरूमध्ये अग्रपंक्तिमा रहेको छ ।

प्रतिवेदनले समग्र सार्वजनिक संस्थानको सञ्चित नाफामा ४१.०३ प्रतिशतको उल्लेखनीय वृद्धि देखाउँदा कुल खुद नाफामा १२.८८ प्रतिशतले गिरावट आएको तथ्य प्रस्तुत गरेको छ । ४५ मध्ये १५ ओटा संस्थान अझै घाटामा सञ्चालित रहेको प्रतिवेदनमा उल्लेख छ ।  

सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो । यो गिरावटले सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा आएको कमीमा ठुलो भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । 

समग्रमा, सार्वजनिक संस्थानहरूको कुल सञ्चित नाफा आर्थिक वर्ष २०७९/८० को ६५ अर्ब ७४ करोड ८२ लाख रुपैयाँबाट ४१.०३ प्रतिशतले बढेर २०८०/८१ मा ९२ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रले ९४ अर्ब ७० करोड ८३ लाख रुपैयाँको सर्वाधिक सञ्चित नाफा हासिल गरेको छ, जसमा नेपाल टेलिकम जस्ता संस्थाहरूको योगदान प्रमुख रहेको छ । यसको विपरीत औद्योगिक क्षेत्र २१ अर्ब ७० करोड ७७ लाख रुपैयाँको सर्वाधिक सञ्चित नोक्सानीसहित सबैभन्दा बढी वित्तीय भार बोकिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै