मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइयो

Nagarik Sewa 4868+ समाचार ( )
२९ माघ २०८२, बुधवार

काठमाडौं। अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो। काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो।

नोटिस जारी भएपछि उनी  फिलिपिन्समा लोकेट भएका थिए। पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई सहित १० जना हाई प्रोफाइललाई धम्की दिएका थिए। सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए। प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो। पक्राउ पर्नेमा धादिङ घर भएका शरणजङ्ग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार