मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

प्रदर्शनको कारण जनजीवनमा कुनै असर पर्दैनः सीडीओ तिवारी

Nagarik Sewa 4875+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्रका पक्षधर र तीनकुनेमा राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शनीमार्गमा मञ्च तयार गरेका छन् । दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा पूर्वराजाका समर्थकहरूले तीनकुने चौरमा मञ्च तयार गरेका छन् ।

आन्दोलनका कारण सडकमा सार्वजनिक सवारी आवागमन बन्द हुनसक्ने आशङ्कामा सर्वसाधारणहरू आफ्नो नियमित काममा जान हच्किएका छन् । कतिपयलाई व्यवसाय बन्द गर्नुपर्ने त होइन भन्ने चिन्ता छ । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शनको कारण जनजीवनमा कुनै असर नपर्ने बताउनुभयो । तिवारीले भन्नुभयो, ‘प्रदर्शन हुने स्थल तीनकुने र प्रदर्शनी मार्गभन्दा बाहेक अन्यत्रको जनजीवनमा असर पर्दैन ।’

सार्वजनिक सवारी आवागमनमा पनि प्रदर्शनले कुनै असर नगर्ने तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यातायात व्यवसायीहरूसँग मैले समन्वय गरेको छु, उहाँहरूले निर्बाध रूपमा सवारीसाधन चलाउनु हुन्छ ।’ 

सभा हुने स्थल र जुलुस हिँड्ने ठाउँमा चाहिँ सवारी डाइभर्ट गरिएको छ। प्रदर्शनको सुरक्षा व्यवस्थापनको लागी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार