मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

आजदेखि नागढुङ्गा-नौबिसे सडक दैनिक ५ घण्टा बन्द

Nagarik Sewa 4868+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

काठमाडौं। सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन नागढुङ्गा-नौबिसे सडकखण्ड आजदेखि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ। सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक बन्द गरेर काम अघि बढाउने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त सूचना प्रकाशित गर्दै नागढुङ्गादेखि पिप्लामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी आवागमन रोकिने जनाएका छन्। त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा(नौबिसे खण्ड कालोपत्र गरी स्तरोन्नति हुने चरणमा छ। काठमाडौंतर्फको नागढुङ्गा-पिप्लामोड खण्ड अत्यन्त साँघुरो रहेको र कालोपत्रका लागि गह्रौँ उपकरण परिचालन गर्नुपर्ने भएकाले सवारी साधन रोक्नुपरेको आयोजनाले जनाएको छ।

त्यस्तै, धादिङको गल्छी(गजुरी खण्डको पोखरेभिर क्षेत्र पनि साँघुरो र जोखिमपूर्ण रहेकाले सडक चौडा गर्न लागिएको हो। सवारी साधनको निरन्तर चापका कारण कामले गति लिन नसकेपछि निर्माण व्यवसायी र आयोजनाको आग्रहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक बन्द गरी काम गर्ने निर्णय गरेको हो।

बन्दको समयमा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने काठमाडौं भित्रिने सवारी साधनलाई खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी, बैरेनी र मासटारमा रोकिनेछ। अत्यावश्यक सवारीका रुपमा रहेका एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल र शववाहन जस्ता अत्यावश्यक सवारी साधनको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ। साना तथा मझौला सवारी साधनले सीतापाइला-भिमढुङ्गा-धार्के सडक वा सामाखुसी-टोखा-छहरे सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई तोकिएको बन्द समय अगाडि वा पछाडि मात्र यात्राको योजना बनाउन वा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। रोकिएका सवारी साधनलाई अपराह्न ३ः३० बजेपछि मात्र गन्तव्यतर्फ छोडिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै