मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

बस दुर्घटनामा दुई जनाको मृत्यु

Nagarik Sewa 4874+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका देउसी भैलो खेलिरहेको ठाउँमा बसले ठक्कर दिँदा भूमिकास्थान नगरपालिका २ ढाकाबाङ्गकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र भुमिकास्थान नगरपालिका ६ खिल्जी कि २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १० जनालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले बताउनुभएको छ । अन्य २६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

बसले मानिससँगै लु ३ च ५२११ नम्बर को बलेरा जीप, लु १ज ४१५९ नम्बरको ट्याक्सी र लु ९५प १४६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा ३ वटै सवारी साधनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । बस ब्रेक फेल भएर अनियन्त्रित भएको बताइए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार