मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4875+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । गएका तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज घटेको छ। चाँदी भने आज थप महँगिएको छ।  मंगलबार, बुधबार र बिहीबार बढेको सुनको मूल्य आज घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज सुनकाे मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनकाे मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सातसय रुपैयाँ पुगेको थियो।  बुधबार सुनको मूल्य प्रतितोला नौसय र मंगलबार एक हजार चारसय रुपैयाँ बढेको थियो।  यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।आज चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार