संसदको हिउँदे अधिवेशनको क्यालेन्डर तयार

Nagarik Sewa 4387+ समाचार ( )
१४ माघ २०८१, सोमबार

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका विषयमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ। सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ। 

माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेबल गर्ने र प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो। त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेको उहाँले बताउनुभयो। उनका अनुसार बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुनेछ । 

बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाकाअनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार