मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश

Nagarik Sewa 4868+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो। हारसँगै चितवन खेलबाट बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर खेल्ने भएको छ। उसले सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पराजित हुने टोलीसँग बिहिवार खेल्नेछ।

चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले ३४ बलमा ५३ रन बनाए । यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए। 

यता, कर्णालीका लागि बलिङतर्फ जयकिसन कोल्सावालाले तीन विकेट लिँदा कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो। कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतकीय पारी खेले। ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कोल्सावाला ५३ रनमा आउट भए। विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन २३ बलमा ४६ रनमा अविजित रहे।

ओपनर रित गौतम र गुलसन झा शून्य रनमा आउट भए भने जिसन मक्सुदले १४ रनको योग्दान गरे। यस्तै, देव खनाल तीन रनमा आउट भए। 

यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान एक एक विकेट हात पारे। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै