मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

चट्याङ लागेर बालकको मृत्यु

Nagarik Sewa 4875+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८, फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।

सोमबार (वैशाख २२) दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर फर्किएका थिएनन् । बेलुका खोजी गर्न जाँदा उनी ढलिरहेको अवस्थामा फेला परेका थिए ।

“साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्,” वडाध्यक्ष तामाङले भने, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।” इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले घटनाको थप अनुसन्धान गरिने जानकारी दिए । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार