मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

Nagarik Sewa 4875+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

काठमाडौं ।  पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार बेलुकी भएको थियो ।

फ्निकुलर रेल ढलानवाला सडकमा तलमाथि चल्दछ । त्यसको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको र दुर्घटना भएको स्थानीय अधिकारीहरुले बताएका छन् । दुर्घटनाको फोटो र भिडियोमा रेलको डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएको देखिन्छ । त्यसलाई पन्छाएर आपतकालीन सेवाका सदस्यहरुले उद्धार गरेका थिए ।

घाइते र मृतकको पहिचान हुन बाँकी छ । सो दुर्घटनामा विदेशी नागरिक पनि परेको अनुमान छ । पोर्चुगलका राष्ट्रपति रेबेलो डी सुजाले घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको जाँच गर्न निर्देशन दिएका छन् ।

लिस्बनका मेयर कार्लोस मोयदासले लिस्बन शोकमा रहेको बताएका छन् । दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै उनले भनेका छन्,  ‘हाम्रो शहरका लागि यो निकै दु:खद दिन हो । यो त्रासदीका कारण लिस्बन शोकमा छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार