मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

मधेसमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको प्रचण्डको दाबी

Nagarik Sewa 4875+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसमा माओवादीलाई कमजोर पार्न रौतहटमा २९ जनाको हत्या गरिएको बताएका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा शनिबार सिरहाको सिरहा नगरपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तत्कालीन समयमा माओवादीको बढ्दो तागतलाई रोक्ने षड्यन्त्रसहित रौतहटमा २९ जना कार्यकर्ताको क्रुरतापूर्वक हत्या भएको बताएका हुन्।  

'बढ्दो माओवादीको तागतलाई कसरी कमजोर पार्ने भनेर देशभित्र र बाहिरका प्रतिक्रियावादी दलालहरू सबै अनेक षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा भयानक हत्याकाण्ड भयो। माओवादीका २९ जना युवाहरूको हत्या भयो,' उनले भने, 'क्रुरतापूर्वक, पाशविक तरिकाले हत्या गरियो।'

त्यो भयानक घटनापछि मधेसमा माओवादीप्रति भ्रम सिर्जना गर्न अनेक प्रकारका दुष्प्रचार अभियान चलाइएको प्रचण्डले बोलाए।  'तपाईंहरूलाई पनि भ्रम भयो- हाम्रो सक्कली मित्र माओवादी हो कि माओवादी आन्दोलनबाट आन्दोलनपछि जन्मिएका मधेसवादी दल हुन्। को चाहीँ साँच्चि मधेसी जनताका निम्ति मनैदेखि, विचारदेखि र राजनीतिक मुद्दादेखि नै माया गर्ने हुन् भनेर तपाईंहरूलाई कहीँ न कहीँ एक हदसम्म भ्रम पार्ने कोशिस भयो,' प्रचण्डले भने। 

त्यो भ्रम चिर्नकै पार्टीले आफूलाई मधेसबाट चुनाव लड्ने निर्णय गराएको उनले बताए। 'मधेसमै आएर चुनाव लडें र तपाईंहरूले मत दिएर मलाई विजयी पनि बनाउनुभयो,' उनले भने।  यद्यपि भनेको जसरी काम अगाडि बढ्न नसकेको र पछि परिस्थिति झन् नाजुक हुँदै गएको उनले बताए। 

मधेसी जनताको पक्षमा र मधेसको गणतन्त्रवादीहरुको राष्ट्रिय रूपमा सम्मान गर्नका लागि गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको प्रस्ताव गर्दा आफूलाई मधेसको मसिहा ठान्नेहरूले नै हराइदिएको बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार