मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद

Nagarik Sewa 4875+ समाचार ( )
२९ असार २०८३, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारगृहका गेटमा पत्रकारहरूलाई अवरोध गर्ने गरी गरिएको गाडी पार्किङमा राज्यकै भूमिका शंकास्पद भएको निष्कर्ष निकालेको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडाको टोलीले स्थलगत अध्ययनपछि यस्तो निष्कर्ष सार्वजनिक गरेको हो । 

“आज (सोमबार) बिहानैदेखि काठमाडौंका केही सञ्चारगृहको गेटअगाडि पत्रकार र पत्रकारका सवारीसाधन अवरोध गर्ने उद्देश्यले शंकास्पद रूपमा गाडी राखिएको घटनाको नेपाल पत्रकार महासंघले स्थलगत अध्ययन गरेको छ,” महासंघले भनेको छ, “अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडाको टोलीले गरेको अधययनबाट आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद रूपमा छोडिएको गाडी दिउँसो २ बजेसम्म पनि राज्यले हटाउन पहल नगरेको तथा प्रहरी मुकदर्शक भएर बसेको अवस्थाले राज्यकै संलग्नतामा यो आतंक सिर्जना गरिएको आशंका उत्पन्न भएको छ ।” 

महासंघले ‘राज्यले मिडियामाथि नियन्त्रण कायम गर्ने र मुख थुन्ने प्रयास गरेको’ भन्दै भर्त्सना गरेको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको यो भौतिक हमलाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछ,” महासंघले भनेको छ । 

महासंघले तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै