मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-७ को कार्यालय तोडफोड

Nagarik Sewa 4875+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-७ को कार्यालयमा तोडफोड भएको छ । आइतबार दिउँसो अन्दाजी ३ बजे स्थानीय सुनिल थापाले मादकपदार्थ सेवन गरी वडा कार्यालय तोडफोड गरेका हुन् । थापाले वडा कार्यालय पुगी तोडफोड गर्नुका साथै वडा सचिवमाथि समेत हातपात गरेको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड गरिनुका साथै वडा सचिव माथि हातपात समेत गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिज्ञप्ति निकालेर यसको बिरोध गरेका छन् । आइतबार दिउँसो अन्दाजी ३ बजेको समयमा स्थानीय सुनिल थापाले मादक पदार्थ सेवन उनीहरुले कार्यालयमा कार्यरत वडा सचिव लगायतका कर्मचारीहरुलाई कार्यालय समयभित्र कार्य सम्पादन गरिरहेकै अवस्थामा कार्यकक्षमै हातपात एवं भौतिक आक्रमण गरी ज्यान मार्ने धम्की समेत दिएको भन्दै यसको घोर भत्र्सना र निन्दा गरिएको हो ।

साथै घटनामा संलग्नलाई सत्यतथ्य छानबिन गरी कारवाहीको माग गर्दै कारवाही नगरेमा सम्पूर्ण गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह ठप्प गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ । घटनापछि थापालाई इलाका प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार