पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै

Nagarik Sewa 4872+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अदालत उपस्थित गराउने तयारी भएको छ ।  साइबर अपराधसम्बन्धी कसुरमा श्रेष्ठलाई प्रहरीले बुधबार (साउन २७) मा पक्राउ गरेको थियो । प्रहरीले धोवीघाटस्थित जनआस्थाको कार्यालयमा खानतलासी गरी कम्प्युटरका सामग्री समेत लगेको सम्बद्ध पत्रकारले बताएका छन् ।

श्रेष्ठलाई सुरुमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय लगिँदै छ ।  अनुसन्धानका लागि अदालतबाट अनुमतिका लागि जिल्ला प्रहरी परिसरले श्रेष्ठलाई उपस्थित गराउन थालेको हो । श्रेष्ठको पक्राउबारे बिहीबार नेपाल पत्रकार महासंघले प्रहरी परिसरमा धर्ना समेत दिएको छ । पक्राउबारे नेपाल मिडिया सोसाइटी लगायत संघ संगठनले समेत विरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार