मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

अध्यक्ष नेपालद्वारा नयाँ वर्ष २०८२ काे अवसरमा शुभकामना र नयाँ संकल्पकाे आह्वान

Nagarik Sewa 4874+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८२ लाई विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने सुनौलो अवसरको रूपमा लिनुपर्ने बताएका छन्।

नयाँ वर्षको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा अध्यक्ष नेपालले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिएका छन्। उनले भनेका छन्, “नयाँ वर्ष २०८२ को आरम्भ सुखद अवसर हो। यसलाई हामीले विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरको रूपमा लिनुपर्छ। नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको पर्व पनि हो। म आशावादी छु कि यो वर्ष दीगो शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, रोजगारी र आर्थिक समृद्धिको दिशामा उपलब्धिमूलक हुनेछ।”

उनले जारी सन्देशमा विगत वर्ष नेपालको राजनीतिका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र भने अझै पनि विभिन्न चुनौतीहरूबाट ग्रस्त रहेको बताएका छन्। संविधानको मर्म र भावनाअनुसार अझै धेरै कार्यहरू बाँकी रहेको उल्लेख गर्दै उनले राष्ट्रिय पुँजीको विकास, उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादनको वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

साथै, जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकतामा राखी सोही अनुसार नीति तथा कार्यक्रमहरू अगाडि बढाउनुपर्ने उनले बताएका छन्। नयाँ वर्षको सुरुआतसँगै राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा सबै दलहरूबीच सहकार्य र समझदारी स्थापित हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले निष्पक्ष, सुसंस्कृत र समाजवादी मुलुक निर्माणतर्फ सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार