मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

भोलि सावर्जनिक बिदा

Nagarik Sewa 4875+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाले चैत २० गते बुधबार भोलि शोक बिदा दिएको छ ।

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले बुधबार बिदा दिने निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए । ‘बुधबार शोक मनाउने कार्यक्रम रहेको हुँदा सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, मातहतको वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रमा सेवा बन्द रहने साथै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन नहुने तथा पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रम भने यथावत सञ्चालन हुनेछ,’ नगरप्रमुख खाँले भने ।

बोहराको निधनले सिद्धार्थनगर नगरपालिका परिवार अत्यन्तै स्तब्ध मर्माहत र दुःखित भएको उनले बताए । ‘उहाँको असामयिक निधनले राष्ट्रले एक समर्पित जनप्रतिनिधि गुमाएको छ,’ उनले भने, ‘उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं, शोकाकुल परिवारजनलाई यो कठिन घडीमा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’

बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार