मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

अमेरिकामा टिकटक चल्न छाड्यो

Nagarik Sewa 4875+ समाचार ( )
६ माघ २०८१, आइतबार

वासिङटन डिसी। टिकटक एपमा प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै अमेरिकामा टिकटक चल्न छाडेको छ।

अमेरिकी प्रयोगकर्ताहरूको एपमा देखा परेको सन्देशमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएको उल्लेख गरिएको छ। जसमा ुतपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न।  हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छु लेखिएको छ।

केहीसमय अघिमात्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका थिए। डोनाल्ड ट्रम्पले उनले पदभार ग्रहण गरेपछि सोमबार यस विषयमा घोषणा गरिने जनाएका थिए। '९० दिनको छुट त्यस्तो हुने सम्भावना धेरै हुन्छ, किनकि यो उचित छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्नेछ। यो धेरै ठूलो अवस्था हो,' ट्रम्पले भने।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएको थियो। टिकटकलाई यसको मूल कम्पनी बाइटडान्सले बेचेमा मात्र यो प्रतिबन्धबाट बचाउन सकिने फैसला गरिएको छ। त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको थियो। प्रयोगकर्ताहरूका अनुसार टिकटक एप गुगलको अमेरिकी एप स्टोरबाट पनि हटाइएको छ। बीबीसी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार