दक्षिणकाली नगरपालिकामा बेमौसमी तरकारी खेती तालिम सुरु: ५० युवा सहभागी

Nagarik Sewa 4387+ समाचार ( )
२७ मंगशिर २०८२, शुक्रबार

काठमाडौँ। चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट (CFRD) ले न्यू लाइट फाउन्डेसन (NLF) सँगको साझेदारी तथा दक्षिणकाली नगरपालिकाको सहकार्यमा “बेमौसमी कृषि उत्पादनमा सीप विकास तालिम” सुरु गरेको छ । यस तालिमको उद्देश्य युवाहरूको रोजगारी वृद्धि गर्नुका साथै व्यावसायिक कृषि र कृषि व्यवसायमा स्थानीय क्षमता सुदृढ गर्नु रहेको CFRD ले जनाएको छ ।

तालिममा सैद्धान्तिक र व्यावहारिक दुवै किसिमका कक्षा सञ्चालन हुनेछन् । CTEVT सम्बद्ध संस्थाबाट मान्यता प्राप्त पाठ्यक्रमअनुसार ५० जना १७–४५ वर्ष उमेर समूहका युवा सहभागी छन् । सहभागी छनोटमा कम्तीमा १.५ रोपनी जग्गा भएका र कृषिमा निरन्तर लाग्ने प्रतिबद्धता भएका युवालाई प्राथमिकता दिइएको छ । तालिम सम्पन्न गरेका सहभागीले CTEVT अन्तर्गतको NVQS बाट राष्ट्रिय स्तरको सीप परीक्षा दिन पाउनेछन् र उत्तीर्ण हुनेले औपचारिक प्रमाणपत्र प्राप्त गर्नेछन्। 

कार्यक्रमको उद्घाटन दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत र CFRD नेपालका कन्ट्री डाइरेक्टर झु झीछ्याङले परम्परागत पानस बालेर गरेका थिए । नगरप्रमुख बस्नेतले यो तालिमले कृषि उत्पादकत्व वृद्धि र घरपरिवारको आर्थिक अवस्था सुदृढ बनाउने बताए । 

CFRD नेपालले सन् २०१५ देखि भूकम्पपछिको राहतदेखि हालसम्म कृषि, शिक्षा, खानेपानी लगायत क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । यसअघि दक्षिणकाली र तारकेश्वरमा सहयोग गरेका किसानहरूले कतारसम्म तरकारी निर्यात गर्न सफल भएका थिए भने नुवाकोट र ललितपुरमा चिया मूल्य शृङ्खला विकासमा ६०० घरधुरी लाभान्वित भएका छन् । यो परियोजना दिगो विकास लक्ष्य ८(मर्यादित काम र आर्थिक वृद्धि) सँग पनि जोडिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै