मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

चुनावी हारको कारणसहित प्रतिवेदन पठाउन कांग्रेसको परिपत्र

Nagarik Sewa 4875+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोरेको हारको कारणसहित प्रतिवेदन पठाउन परिपत्र गरेको छ । महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलको संयुक्त हस्ताक्षर भएको परिपत्रमा चुनावमा हारका कारणससहितको समीक्षा मागिएको छ । 

१६५ निर्वाचन क्षेत्रमै गरिएको परिपत्रले पार्टी हारको वास्तविकतामा पुगेर समीक्षा गर्न सहज हुने महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए । “हामीले हरेक निर्वाचन क्षेत्रमा निर्वाचनको समीक्षा रिपोर्ट पठाउन परिपत्र गरेका छौँ,” महामन्त्री घिमिरेले भने, “जितेका निर्वाचन क्षेत्रमा के कस्तो अवस्था रह्यो भन्ने पनि ती रिपोर्टबाट वास्तविकता आउने छ । हारका लागि के कस्ता कारणहरु रहे भन्ने रिपोर्टले भोलिका दिनमा कस्तो योजनाका साथ अघि बढ्ने निर्णयका लागि केन्द्रलाई बाटो दिन्छ ।” 

क्षेत्रीय सभापतिहरूले पठाउने रिपोर्टमा हार भएका क्षेत्रमा चुनाव हराउन पार्टीभित्रबाट क–कसको भूमिका शंकास्पद वा असहयोगी रह्यो भन्ने पनि आउने केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।  ती रिपोर्टले आगामी दिनमा अनुशासन समितिलाई निर्णय लिन बाटो खोलिदिने विश्वास केन्द्रीय कार्यालका कर्मचारीको भनाइ छ । त्यसबाहेक, हरेक निर्वाचन क्षेत्रमा अनुशासन समिति रहे/नरहेको विवरण उपलब्ध गराउन पनि परिपत्र भएको छ । 

“केन्द्रीय अनुशासन समितिका तर्फबाट हरेक निर्वाचन क्षेत्रमा अनुशासन समिति रहेन नरहेको जानकारी माग्दै पनि परिपत्र भएको छ,” ती कर्मचारीले भने, “यदि कतै अनुशासन समिति बनेको छैन भने पनि बनाएर विवरण उपलब्ध हुनेछ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार