मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

राष्ट्रिय वाणिज्य बैंकद्वारा नयाँ डिजिटल सेवा: अब घरबाटै सहज बैकिङ्ग कारोबार

Nagarik Sewa 4874+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (RBB) ले आफ्ना ग्राहकहरूका लागि आधुनिक डिजिटल सेवा ‘RBB Digital Sansar’ को प्रचारलाई तिव्र बनाएको छ। नयाँ प्रविधियुक्त मोबाइल एपमार्फत अब ग्राहकहरूले घरमै बसी सहज रूपमा बैंकिङ्ग कारोबार गर्न सक्नेछन्। ‘घरबाटै सहज बैकिङ्ग कारोबार’ भन्ने नारासहित सार्वजनिक गरिएको यो सेवा डिजिटल पहुँच अभिवृद्धिमा केन्द्रित छ। मोबाइल एप डाउनलोड गरेर ग्राहकले आफ्नो मोबाइल नम्बर र पासवर्डमार्फत सजिलै लगइन गरी खाताको विवरण हेर्न, रकम ट्रान्सफर गर्न, मोबाइल रिचार्ज, बिल्ल पेइमेन्ट, लोन जानकारी लगायत अन्य सेवा लिन सक्नेछन्।

ग्राहक लक्षित डिजिटल अभियान

RBB का अनुसार, डिजिटल कारोबारको दायरा बढाउने र ग्राहकलाई बैंकसम्म आउनुपर्ने झन्झट कम गर्ने उद्देश्यले यो सेवा ल्याइएको हो। विशेषगरी ग्रामिण क्षेत्रका महिलादेखि शहरका व्यस्त पेशेवरहरूसम्मलाई लक्षित गरेर यो एप तयार पारिएको छ।  डिजिटल संसार एप प्रयोगमा कुनै समस्या भएमा ग्राहकले Call Center +977-01-5970018 मा सम्पर्क गर्न सक्नेछन् वा rbb.info@rbb.com.np मा इमेल गर्न सक्नेछन्।

डिजिटल पहुँच, सुरक्षित बैंकिङ्ग

RBB ले डिजिटल कारोबारका क्रममा डेटा सुरक्षामा विशेष ध्यान दिइएको बताएको छ। एपमा ‘Remember Me’, ‘Forgot Password’, जस्ता सुविधा पनि राखिएको छ जसले प्रयोगकर्ता अनुभवलाई सहज बनाउँछ। नेपालको सबैभन्दा पुरानो सरकारी बैंकले डिजिटल यात्रालाई अझ व्यापक बनाउन ‘RBB Digital Sansar’ लाई भविष्यका लागि एउटा नयाँ युगको बैंकिङ्ग माध्यमका रूपमा स्थापित गर्न चाहेको स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै