मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

Nagarik Sewa 4875+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।  टिकटकबाट चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्सीविरूद्ध ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको जनाएको छ।

तुल्सी हाल विदेशमा छिन्। उनले सामाजिक सञ्जालमा आएर भ्रामक सूचना फैलाइरहेको भन्दै परिसरले ध्यानाकर्षण भएको बताएको छ। प्रहरीका अनुसार उनीविरूद्ध साउन २२ गते कुमार चिमोरियाले ठगी र आपराधिक लाभको कसुरा जाहेरी दिएका थिए।त्यस कसुरमा अनुसन्धान जारी नै रहेको ललितपुर प्रहरीले जनाएको छ।त्यस्तै गत कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पत्राचार समेत गरेको प्रहरीले जनाएको छ।

विभागमा गत फागुन १९ गते तुल्सीविरूद्ध उजुरी दर्ता भएको थियो। अनुसन्धानको क्रममा आधार एवं प्रमाणहरू संकलनको काम भइरहेको परिसरले उल्लेख गरेको छ। परिसरले तुल्सीलाई पनि अनुसन्धानका लागि कार्यालयमा उपस्थित भएर भनाइ राख्न अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै