मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी

Nagarik Sewa 4875+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का कमान्डरका वरिष्ठ सल्लाहकार मोहम्मद रजा नक्दीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान कार्यकालको अन्त्यसम्म युद्ध जारी राख्न सक्ने बताएका छन् । उनले इरानले युद्ध लम्ब्याएर अमेरिकालाई सैन्य र आर्थिक रूपमा थकाउने तथा भविष्यमा इरानमाथि आक्रमण हुन नदिन बलियो प्रतिरोधात्मक क्षमता अर्थात् ‘डिटरेन्स’ स्थापित गर्न चाहेको संकेत दिएका छन् ।

नक्दीले मंगलबार ‘पीबीएस न्युजआवर’ सँगको कुराकानीमा युद्धलाई लामो समयसम्म जारी राख्नु एउटा विकल्प हुन सक्ने बताए । उनले इरानले युद्धलाई अमेरिकी राष्ट्रपतिको आगामी कार्यकालसम्मै लम्ब्याउन सक्ने र यस अवधिमा अमेरिकाले लगातार नोक्सानी तथा दबाब झेल्नुपर्ने चेतावनी दिए । यसको उद्देश्य भविष्यमा कुनै पनि देशले इरानमाथि आक्रमण गर्नेबारे सोच्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने सन्देश दिनु रहेको उनले बताए । 

नक्दीले इरानले हालको युद्धमा आफूलाई विजेता माने पनि अन्तिम लक्ष्य अझै हासिल नभएको बताए । उनले युद्ध जारी राख्दा इरानले अमेरिकी सेनाविरुद्ध लड्ने थप अनुभव हासिल गर्ने  र अमेरिकामाथि यस्तो लागत थोपर्न सक्ने बताए, जसले भविष्यमा हुन सक्ने सम्भावित आक्रमणलाई रोक्न मद्दत गर्नेछ । उनका अनुसार, इरानका लागि सबैभन्दा महत्त्वपूर्ण लक्ष्य यस्तो प्रतिरोधात्मक क्षमता निर्माण गर्नु हो ताकी शत्रुले कहिल्यै इरानमाथि आक्रमण गर्ने आँट नगरोस् ।

नक्दीले इरानले युद्धबाट सिकिरहेको र अमेरिकी सैन्य शक्ति पहिले जति बलियो ठानिन्थ्यो त्यति बलियो नरहेको बताए । नक्दीले इरानको मिसाइल क्षमताबारे ठूलो दाबी गरेका छन् । उनले इरानले दैनिक प्रहार गर्नेभन्दा बढी मिसाइल उत्पादन गरिरहेको छ । इरानले विभिन्न स्थानमा मिसाइल उत्पादन गर्न सक्ने र युद्ध वर्षौंम्म चले पनि लगातार रकेट तथा मिसाइल प्रहार गर्ने क्षमता कायम राख्न सक्ने उनले बताए । 

यद्यपि, नक्दीले अर्को गम्भीर चेतावनी दिँदै यदि कुनै अवस्थामा इरानसँग मिसाइल बाँकी नरहे पनि अमेरिकाका लागि खतरा अझ ठूलो हुन सक्ने बताए । उनले विश्वभर अमेरिकाका हजारौँ आर्थिक हित रहेको र ती सबैलाई सजिलै नष्ट गर्न सकिने दाबी गरे । तर, नक्दीले अमेरिकाका कुन आर्थिक केन्द्र वा हितलाई लक्षित गर्न सकिने र इरानले त्यसलाई कसरी निसाना बनाउन सक्छ भन्ने स्पष्ट पारेनन् । नक्दीको टिप्पणीलाई इरानको युद्ध रणनीतिबारे अहिलेसम्मका स्पष्ट संकेतमध्ये एक मान्न सकिने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै