मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजितः विश्वकपबाटको यात्रा समाप्त

Nagarik Sewa 4875+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं। महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ । यससँगै नेपालको विश्वकपबाटमा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।

अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् ।

यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् । खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो । नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् । सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् । रिया शर्माले १ विकेट लिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार